कांग्रेस पार्टीको ‘फोहोर’ सफा गर्न नयाँ सोचका साथ अघि बढौं : नेता सिटौला « Khabarhub

कांग्रेस पार्टीको ‘फोहोर’ सफा गर्न नयाँ सोचका साथ अघि बढौं : नेता सिटौला


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वका कारण पार्टी कमजोर भएको बताउँदै सबै एकजुट भएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार राजधानीमा भएको सिटौला समुहको भेलामा नेता सिटौलाले कांग्रेसलाई बलियो बनाउन सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताए ।

सम्बोधनका क्रममा सिटौलाले नेतृत्वप्रति इंगित गर्दै अहिले कांग्रेस राजनीतिकवृत्तभित्र ‘झिँगा’ स्वभावबाट मौलाएकाे टिप्पणी गरे ।

नेतृत्वलाई झिँगासँग तुलना गर्दै सिटौलाले भन्नुभयो, ‘हेर्दा मौरी र झिँगा उस्तै देखिन्छ । एउटाले फोहोर छर्दै हिन्छ । एउटाले फुलको सर बटुल्दै मह बनाउँछ ।’

भेलामा नेता गगन थापाले कमजोर पार्टी नेतृत्वका कारण तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताए ।

नेता थापाले भने, ‘नेतृत्वको सफलता असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्छ । पार्टीको विधान मिच्न मिल्दैन।  महाधिवेशनको वातावरण बनाउने जिम्मेवारी सभापति र महामन्त्रीको हो ।’

उनले जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको समेत आरोप लगाए ।

काठमाडौंको बत्तिसपुतलीमा भएको भेलामा २ सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : ५४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील