नियम उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक प्रहरीको ‘नमस्कार’ ! « Khabarhub

नियम उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक प्रहरीको ‘नमस्कार’ !


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय ‘नमस्कार’ विश्वभर लोकप्रिय बन्दै गएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस संक्रमणको त्रासले नमस्कारको प्रचलन विश्वव्यापी बनेको हो ।

अहिले जहाँ-जहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ त्यहाँ त्यहाँ ‘नमस्कार’को प्रचलनले व्यापकता पाएको छ ।

मानिसहरु भेट हुँदा हात मिलाउने र अंकमाल गर्ने अवस्था नरहेपछि अहिले विश्वव्यापी रुपमा ‘नमस्कार’ले त्यसको ठाउँ  लिएको हो ।

त्यसो त ‘नमस्कार’ अहिले स्वागत, सत्कारमा मात्र सीमित रहेको छैन, कारबाही गर्नुपरेमा समेत ‘नमस्कार’कै प्रयोग गर्न थालिएको छ ।

नेपालमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नमस्कार’ अभियानको थालनी गरेको हो ।

प्रहरी प्रशासनमा नमस्कार नौलो नभए पनि नियम उल्लंघन गर्नेलाई समेत ‘नमस्कार’ गर्न थालिएको घटना भने नितान्त नयाँ हो । अहिले ट्राफिक नियम उल्लंन गर्ने जो कोही चालकलाई कार्यस्थलमा ट्राफिक प्रहरीले पहिले ‘नमस्कार’ गर्छन् ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले ‘नमस्कार’ त्यसपछि मात्र आवश्यकताअनुसार कानूनी प्रक्रिया थालिने महाशाखाले जनाएको छ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।

‘आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’, उनले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ३९ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ