एसइई परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्न सरकारको अपिल « Khabarhub

एसइई परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ राख्न सरकारको अपिल


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) सावधानीपूर्वक सञ्चालन गर्न अपिल गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपिल जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका हुन् ।

उनले ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुने जनाएका छन् । एसइई परीक्षाका लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

मन्त्री पोखरेलले परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाउन समेत ७ सय ५३ स्थानीय निकायलाई अनुरोध समेत गरेका छन् ।

मन्त्री पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘यतिबेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसइई परीक्षलाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने स्थिति छ ।’

उनले विद्यार्थीको स्वास्थ्य सुरक्षा र वचावट पहिलो प्राथमिकता रहेको बताउँदै यस्तो अवस्थामा पनि बालबालिकाहरुको पढ्न पाउने हक अधिकार सुरक्षित हुनु पर्दछ भन्ने विषयमा नेपाल सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।

यस सन्दर्भमा आइपर्ने कुनै पनि विषम परिस्थितिमा मन्त्रालयले उच्चस्तरीय समितिसँग संयोजन गरी यथोचित निर्णय लिने नै हुँदा अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न समेत मन्त्री पोखरेलले अनुरोध गरेका छन् ।

उनले जारी गरेको अपिलमा कक्षा १ देखि ९ सम्मको वार्षिक यही ५ गते देखि सकिने हुँदा अर्को शैक्षिक सत्र शुरु नहुन्जेसम्म करिव तीन हप्ता देशभरका करीव ७० लाख विद्यालय जाने उमरका बालबालिकाहरुलाई घर बाहिर नजान अनुरोध गरेका छन् ।

त्यस्तै यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृति कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम मेला नगर्न समेत अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : १५ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,