मन्त्री मगरले बुझाइन गरिबी निवारण मन्त्री अर्याललाई ज्ञापनपत्र « Khabarhub

मन्त्री मगरले बुझाइन गरिबी निवारण मन्त्री अर्याललाई ज्ञापनपत्र


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भारत सीमा समस्या समाधानको माग राख्दै खानेपानी मन्त्री बिना मगरले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई ज्ञापनपत्र बुझाएकी छन् ।

मन्त्री मगरको अगुवाइमा कञ्चनपुरका स्थानीय तह र त्यहाँका संघीय संसदका जनप्रतिनिधिहरुले मन्त्री अर्याललाई ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपालको भूमि मिचिएको विषयमा पुनरावलोकन गर्न माग गरिएको छ । यसैगरी सीमा क्षेत्रका भत्किएका र गायब भएका पिल्लरहरूलाई पुरानै ठाउँको तत्काल पुर्नस्थापना गरिनुपर्ने, अतिक्रमित जमिन फिर्ता गरिनुपर्ने लगायतका माग राखिएका छन् ।

केन्द्रबाट नै संसदीय टोली पुगेर स्थलगत रुपमा छानबिन गर्न उनीहरुले माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले सीमा बचाउन सीमामा बस्ती बसाउने योजना अगाडि ल्याउनुपर्ने बताइन् ।

उनले प्राप्त विवरणहरुको अध्ययन गरेर राजनीतिक सहमति गरेर सहमतिअनुसार नापजाँच गर्ने कुरामा पहलकदमी लिइने बताइन् ।

उनले भनिन्, ‘यो डकुमेन्टको हामी अध्ययन गर्छौ । राजनीतिक सहमति अनुसार नापजाँच गर्ने कुरामा पहलकदमी थाल्नेछौं।’

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ८ : ०० बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत