बजारमा पेट्रोलियम पदार्थको अभाव छैनः आयल निगम | Khabarhub Khabarhub

बजारमा पेट्रोलियम पदार्थको अभाव छैनः आयल निगम


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो ।

निगमका प्रवन्ध निर्देशक सुशील कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितगरमा निरन्तर अनुगमन भइरहेको बताए । उनले ग्यासको वितरण प्रणालीमा भने केही समस्या देखिएकाले बजारमा अभाव देखिएको बताए ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताए । उनले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पुर्‍याउन कुनै समस्या नरहेको बताए ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले सम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताए । उनले दैनिक रुपमा १ लाख सिलिण्डर विक्री वितरण भइरहेको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ४५ बजे

पहिलो पटक मोटरेबल पुलसम्बन्धी प्रदर्शनी मेला हुने

काठमाडौं– नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– केही दिनदेखि उच्च वृद्धि सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला