विद्यार्थी सङ्गठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने « Khabarhub

विद्यार्थी सङ्गठनले कोरोनाविरुद्ध देशभर सचेतना फैलाउने


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त विद्यार्थी सङ्गठनले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को विरुद्धमा आफ्ना समितिमार्फत देशभर सचेतना फैलाउने भएका छन् ।

संयुक्त विद्यार्थी सङ्गठनको आज अनुपम फुडल्याण्डमा बसेको बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन आफ्नो समितिमार्फत देशभर सचेतना फैलाउने निर्णय गरेका हुन् ।

बैठकले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र नेपालसँग जोडिएका खुला नाकामा अत्यावश्यक सामग्रीबाहेक मानिस आवतजावतमा रोक लगाउनुपर्ने बताएको छ ।

बैठकले कोरोना सङ्क्रमण देखिए उपचारका लागि पर्याप्त तयारी गरेर सरकार अगाडि बढ्नुपर्ने बताएको छ । विद्यार्थी सङ्गठनले धेरै भीडभाड हुने क्षेत्रमा विशेष सचेतना अपनाउन सबैलाई अनुरोधसमेत गरेका छन् ।

बैठकले उच्च माध्यमिक शिक्षा परीक्षा (एसइई) नजीक आइरहेको भन्दै परीक्षा केन्द्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

कोरोनाको नाममा त्रास फैलाई बजारमा सामान कालोबजारी हुँदै गएको भन्दै संयुक्त विद्यार्थी सङ्गठनले बजारको समेत अनुगमन गर्ने निर्णय गरेको छ ।

बैठकले चैत महिनामा विद्यालय सञ्चालन नहुने भएकाले विद्यार्थीको चैत महिनाको शुल्क नलिनसमेत निजी विद्यालयसँग मागसमेत गरेको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विपद्को बेला शिक्षा क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नका लागि सबै विद्यार्थी सङ्गठन एकजुट भएर अगाडि बढेको बताए ।

बैठकमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका संयोजक ऐन महर, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ३० बजे

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको