इँटा उद्योग सञ्चालक चौधरीमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग  | Khabarhub Khabarhub

इँटा उद्योग सञ्चालक चौधरीमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग 


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद प्रभु साहले इँटा उद्योग सञ्चालकको ज्यान मार्ने गरी भएको घटनाको भर्त्सना गरेका छन् ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका साहले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीस्थित ‘दाइभाइ इँटा उद्योग’ का सञ्चालक एवं नेकपाको रौतहट जिल्ला सदस्य रामबाबु चौधरीका भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक हमलामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेता साहले भनेका छन्, ‘रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीमा रहेको दाइभाइ इँटा उद्योगमा दर्जनौंको संख्यामा अपराधिक समूहले योजनावद्ध रुपमा रामबाबु चौधरीज्यूका भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएका छन्।’

पार्टीका नेतालाई ज्यान मार्ने उद्देश्यले गरिएको यस आपराधिक कार्यको विज्ञप्तिमार्फत घोर भर्त्सना गरिएको छ ।

घटनाको निष्पक्ष छानविन गरी घटनामा संलग्नमाथि कडाभन्दा कडा कानूनी कारबाहीको माग गरिएको छ ।

गत आइतबार गरुडा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक यादवको अगुवाइमा दर्जनौंको संख्यामा गएको समुहहरुले उक्त उद्योगमा आक्रमण गरी मुकेशलाई गम्भीर घाइते बनाएको विज्ञप्तिमा जनाइएको छ ।

आक्रमणकारीहरुले इटा भट्टामा रहेको एक थान जेसीबी, एक थान टिप्पर, दुई थान ट्र्याक्टर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ४३ बजे

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको