काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ « Khabarhub

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । काठमाडौंमा डिप ओभर्सिज नामक कम्पनीको आवरणमा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको मास्कलाई बढी मूल्यमा बेच्ने उद्देश्यले गोदाममा लुकाएर राखेका थिए ।

न्यौपानेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  २ : १५ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना