चुनाव भारतको, मानमर्दन नेपालको « Khabarhub

चुनाव भारतको, मानमर्दन नेपालको


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताहरुबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको छ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको ‘मै भी चौकीदार’ (म पनि चौकीदार) अभियानको मंगलबार विरोध गर्ने क्रममा नेपाल लक्षित टिप्पणी गरेको कान्तिपुरमा खबर छ ।

मोदीको उक्त अभियानको विरोध गर्दै ठाकरेले लोकसभा चुनाव नेपालमा नभएर भारतमा हुन लागेको टिप्पणी गरे । सन २०१४ को चुनावमा पनि मोदीले आफू मुलुकको चौकीदार भएको दाबी गरेका थिए ।

चिनियाँको चासो बढी शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ। काठमाडौंमा आगामी साता हुने लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढी सहभागी हुने भएका छन् । लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकोमा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन् ।

त्यस्तै चन्द समूहलाई वार्ताबाट समस्याको समाधान खोज्ने गरी संवादमा आउन सरकारले आग्रह गरेको, मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्नुपर्ने निर्णय भएको, नागरिकताबारे संविधानमा समान र विधेयकमा विभेद भएको, सरकारले जापानसँग श्रम समझदारी गर्न लागेको, भारतसँग सरकराले २ रेल किन्ने भएको लगायतका समाचार प्राथमिकताका साथ छापिएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ७ : १९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट