प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा « Khabarhub

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा ५ सय रुपैयाँ धरौटीमा रिहा


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहारको प्रयास गर्ने रतन तिरुवा धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाँच सय रुपैयाँ धरौटीमा तिरुवालाई रिहा गरेको हो । रिहाईपछि पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले तिरुवाको जिम्मा लिएका छन् ।

गत फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गरेका थिए ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका प्रचण्डलाई जुत्ता प्रहारको प्रयास गरेपछि तिरुवालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ६ : २६ बजे

‘ह्यासमेन्ट महसुस’ गरेको घटनामा प्रहरीले असहयोग गरेको नायिका उषाको गुनासो

काठमाडौं- संजोक कार्की नाम एक युवाले राति बारम्बार कल गरेको

ओलीको दाबी- सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको हो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र

चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस

विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपाका निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य