दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, अनावश्यक सञ्चित नगर्नुस् : मन्त्री भट्ट « Khabarhub

दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन, अनावश्यक सञ्चित नगर्नुस् : मन्त्री भट्ट


५ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चित नगर्न आग्रह गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहयोगमा जनप्रशासन संघद्वारा आपूर्ति मन्त्रालयमा आयोजित कोरोनाको प्रभावः आपूर्ती व्यवस्था विषयक कार्यक्रममा मन्त्री भट्टले सरकारले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने बताए ।

‘हल्लाको पछि नलाग्नुस्, आपूर्ति व्यवस्थापनमा त्यस्तो कुनै समस्या छैन, सरकारले नियमनको कार्यलाई अझ प्रभावकारी बनाउदै लगेको छ, आत्तिनुपर्ने अवस्था छैन, त्यसैले अनावश्यक सञ्चित नगर्नुस् ।,’ मन्त्री भट्टले भने ।

0मन्त्री भट्टले बजारमा खाद्यान्न तथा औषधि लगायतका वस्तुको अभाव नभएको र सरकारले अभाव हुन नदिने उल्लेख गरे ।

मन्त्रालयले नियमित बजार अनुगमनलाई तिव्रता दिएको र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही पनि भइरहेको उल्लेख गर्दै मन्त्री भट्टले राज्यले कुनै पनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।

उनले भने, ‘पेट्रोल, डिजेल, ग्यास, खाद्यन्न, औषधि र अन्य कुनै वस्तुको अभाव छैन् । राज्यले अभाव हुन दिन्न् । विभागीय मन्त्रीको हैसियतले त्यसको जिम्मा म र मेरो टिमले लिन्छ ।’

मन्त्री भट्टले पेट्रोल तथा सिलिण्डर घरमा राखेर दुर्घटनाको जोखिम नबढाउन पनि आग्रह गरे ।

कार्यक्रममा सरोकारवालाहरुले पेट्रोलको मूल्य घट्ने सूचना सार्वजनिक भएलगत्तै पम्पहरु बन्द हुँदा उपभोक्ताहरुमा मारमा परेको बताएका थिए ।

खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान बज्राचार्यले थोक पसलबाट सामान ढुवानी गर्दा केही समस्या उत्पन्न भइरहेको बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  १० : ४५ बजे

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको

नेकपा नेतालाई प्रचण्डको सुझाव- प्रतिक्रियावादीलाई फाइदा पुग्छ, निराशाको खेती नगर्नुस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै एकजना पक्राउ

काठमाडौं– सर्लाहीको बरहथवा नगरपालिका-३ स्थित प्रतिटोलमा चोरीको गाडी प्रयोग गरी चोरी

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज अपराह्न साढे ४ बजे बस्ने

एसईई र कक्षा १२ को नजिता समयमै सार्वजनिक गर्नु सुशासनको महत्त्वपूर्ण कदम : शिक्षामन्त्री 

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसईई र कक्षा १२