मुटुमा समस्या भएपछि डा.बाबुराम भट्टराई गंगालाल अस्पतालमा भर्ना « Khabarhub

मुटुमा समस्या भएपछि डा.बाबुराम भट्टराई गंगालाल अस्पतालमा भर्ना


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुटुमा समस्या भएको महशुष भएपछि  पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

राति ७ बजे अस्पताल पुगेका भट्टराईको एन्जियोग्राफ्री लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण ठीकठाक देखिएपछि उनलाई आजै डिस्चार्जको तयारी भएको उनका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।

‘डा. साब ब्याक पेन र मुटुमा असजिलो भएपछि अस्पताल आउनुभएको थियो,’ पोखरेलले भने, ‘सबै ठीकठाक देखिएकाले आजै घर जाने तयारीमा छौं ।’

भट्टराईको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले उपचार गरेको थियो । उनलाई चिकित्सकहरुले मसल पेन भनेका छन् । यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिदै छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ३७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित