कोरोना त्रास : अत्यावश्यक बाहेकका प्रचण्डका सबै भेटघाट बन्द « Khabarhub

कोरोना त्रास : अत्यावश्यक बाहेकका प्रचण्डका सबै भेटघाट बन्द


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन्।

विश्वभर फैलिएको कोभिड-१९ का (कोरोना भाइरस) कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन्।

गंगाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’

बुधबार मात्रै नेकपाको सचिवालय बैठक बसेको थियो।

कोरोना भाइरसको संक्रमण त्रासले आजबाट शुरु हुने तयारी भएको एसईई परीक्षा स्थगित भएको छ। सरकारले कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न बुधबार रोक लगाएको थियो।

त्यस्तै अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

त्यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : ०१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित