नयाँ दिल्ली– कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो ।
कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
३५ वर्षीय ती व्यक्तिलाई बुधबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । अस्ट्रेलियाको सिड्नीबाट नयाँ दिल्ली आइपुगेको उनलाई दिल्ली विमानस्थलका अधिकारीहरुले कोरोना संक्रमणको आशंकामा सिधै सफदरजंग अस्पताल पु¥याएका थिए ।
चिकित्सकहरुले कोरोना परीक्षणका लागि उनको नमूना संकलन गरेका थिए । तर, बुधबार राति उनले अस्पतालको सातौं तलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
भारतमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको विवरण आएको छ । अहिलेसम्म १ सय ६१ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया