भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीलाई हिरो बनाउँदै फिल्म ‘पीएम नरेन्द्र मोदी’ ट्रेलर रिलिज


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘पीएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक गरिएको छ । द एक्सीडेन्टल प्राइम मिनिस्टर र ठाकरेपछि विशिष्ठ राजनेता नरेन्द्र मोदीमाथि फिल्म निर्माण गरिएको हो ।

फिल्ममा विवेक ओबरायले नरेन्द्र मोदीको भूमिका निभाएका छन् । ट्रेलरमा नरेन्द्र मोदीलाई हिरो बनाइएको देख्न सकिन्छ । प्रधानमन्त्रीको गेटअपमा देखिएका विवेक ओबरायको लूक पहिले नै भाइरल भएको थियो । उनको कामको पनि तारिफ भइरहेको छ ।

ट्रेलरमा पाकिस्तान र भारतको सीमायुद्धलाई समेत उठाइएको छ ।

ट्रेलरमा भारतीय प्रधानमन्त्री मोदीको जीवनका कैयन् किस्सा देख्न सकिन्छ । गुजराज दंगा, राजनीतिमा इन्ट्री, सन्यासी बन्ने यात्रा, राममन्दिर विवादजस्ता मुद्दालाई पनि फिल्ममा मुद्दा बनाइएको छ ।

भारतमा लोकसभाको चुनाव नजिकिँदै गर्दा यो ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्म ५ अप्रैलमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ९ : ३७ बजे

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल, (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र

रुसलाई नेटोको चेतावनी : सम्भावित आक्रमणको प्रतिरोध गर्न गठबन्धन सक्षम

काठमाडौं – रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा

अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ– ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ । प्रतिमन