संसद बैठकबारे निर्णय गर्न छलफलमा जुटे सभामुख सापकोटा « Khabarhub

संसद बैठकबारे निर्णय गर्न छलफलमा जुटे सभामुख सापकोटा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठक के हुने भन्ने अन्योल देखिएको छ ।

चैत्र सात अर्थात भोलिका लागि बोलाइएको बैठक र त्यसपछिका अन्य बैठकहरु के गर्ने भन्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले छलफल शुरु गरेका छन् ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलदै गएको र नेपालले पनि उच्च सतर्कता अपनाउनु पर्ने आवाज यसअघि नै सांसदहरुले संसद बैठकमा राख्दै आएका थिए ।

सरकारले समेत धेरै भीडभाड युक्त क्षेत्रमा नजान आह्वान गरिसकेको अवस्थामा संसद बैठक के गर्ने भनेर सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।

‘सभामुखले संसद बैठकलाई के गर्ने भन्ने विषयमा छलफल गरिरहनु भएको छ’ सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले भने,‘उहाँले राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा विभिन्न समितिका सभापति, संसद सचिवालयसँगको छलफल पछि के गर्ने भन्ने निर्णय गर्नुहुनेछ ।’

संसद सचिवालय स्रोतका अनुसार भोलिको बैठक सूचना टाँस गरेर स्थगित हुने सम्भावना रहेको छ ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले सिनेमा हल, रेस्टुरेन्ट, स्वीमिङपुल, स्कुल, कलेज लगायत धेरै मानिस भेला हुने स्थानहरु बन्द गरेसँगै प्रतिनिधिसभा बैठक के हुने भन्ने प्रश्न उव्जिएको छ ।

प्रतिनिधिसभामा सबै सदस्य उपस्थित हुने हो भने २७५ हुन जान्छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ५६ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका