यो साता लाभ लिने ४ राशी, कसरी हुन्छ लाभ ? | Khabarhub Khabarhub

यो साता लाभ लिने ४ राशी, कसरी हुन्छ लाभ ?


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यो साता केहि राशीका लागी विशेष महत्वपुर्ण रहेको छ । महत्वपुर्ण यस अर्थमा रहने छ कि ती राशीका ब्यक्तिलाई यो साता धन लाभ सहित धेरै प्रकारका सफलता प्राप्त हुने योग छ ।

ज्योतिषहरुका अनुसार यस साता अर्थात आउँदो बुधबारसम्म ४ राशीका लागी सबै समस्या समाधान भई धन लाभको योग बन्नेछ । कुन कुन राशीका ब्यक्तिका लागी महत्वपुर्ण छ त यो साता ?

१. वृष राशी
साख सम्मान र सृजनशिलताका लागी यो साता निकै श्रेष्ठकर र फलकारक छ । कुनै पनि कार्य, व्यापारमा प्रभावशील भएर अघि बढ्नेछ छ । अरुको भावनाको सम्मान गर्ने र कुल कुटुम्बसंग बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । खर्चालु ब्यक्तिका लागी समेत यो साता बजेट नियन्त्रित रहनेछ ।

२ कन्या राशी
यस राशि कन्या राशीका ब्यक्तिका लागी भाग्यबल बढेर आउने भएकाले निसंकोच कुनै पनि कार्य अघि बढ्दा सफलता मिल्नेछ । नयाँ काममा प्रयास अनुसारको गति प्राप्त हुनेछ भने पिताको सल्लाहमा गरीएको हर काममा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या भोगेकाहरुको स्वास्थ्य स्थिती सुधार भएर जानेछ ।

३. वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी यो साता प्रेम, विश्वास र आनन्दमय बनेर आएको छ । राम्रो कार्यको शुरुवात गर्नका लागी यो साता श्रेष्ठ समय मानिएको छ । लगन, मेहनत र सन्तुलीत व्यवहारबाट अपेक्षित परिणाम प्राप्त हुनेछ । इष्टमित्र तथा साथीभाइसंग घनिष्ठ सम्बन्ध हुनेछ । रोकिएका अधुरो काम बन्ने योग छ ।

४. कुम्भ राशी
कुम्भ राशीका ब्यक्तिका लागी यो साता संसाधनमा वृद्धिको संभावना भएर आउने छ । आफु भन्दा ठुलाबडाको आदर गरी उनिहरुको मार्गदर्शनमा काम थालेमा यस साता ठुलो योजनाले सफलता पाउने छन् । लाभमय समय रहेकोले आर्थिक लगानीले समेत फाइदा पुर्याउने छ । इण्डिया टुडेबाट

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १ : ५५ बजे

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या

ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

लस एन्जलस – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको

ज्येष्ठ नागरिकलाई सम्मान

ओखलढुङ्गा– ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाइका साथै ज्येष्ठ नागरिकलाई

सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

पर्वत– पर्वतको जिल्ला सदरमुकाम कुश्मा बजारभित्रकै एक सडक विगत १०

रजनीकान्तले एकै फिल्मबाट लिए २८० करोड, बने एसियकै महँगो नायक

काठमाडौं – ७४ वर्षीय भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका