‘होली’ को फण्डाले फिल्म चल्लान् ? « Khabarhub

‘होली’ को फण्डाले फिल्म चल्लान् ?


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगहरुको पर्व ‘फागू पूर्णिमा’ को रौनक अझै सेलाएको छैन । होली अर्थात् फागुको रंगमा नेपाली कलाकार पनि मज्जाले रमाए । कलाकारले राजधानीका विभिन्न स्थानमा फरक कार्यक्रम गर्दै र कतिले आफ्नै समूह सर्कलमा होलीको रंग दले ।

होलीको रंगले कलाकारलाई त छोयो नै । अर्कातिर होलीलाई ‘मौका’ मानेर फिल्मको प्रचार पनि गरियो । रिलिजको पाइपलाइनमा रहेका फिल्मको प्रचार निर्माण टिमले कलाकारका साथ मनाएर विज्ञापन गरेको छ ।

आज शुक्रबारबाट रिलिज भएको फिल्म ‘कागजपत्र’ ले पनि होली विशेष कार्यक्रम भन्दै होली खेलेका तस्वीरहरु सार्वजनिक गरेका थिए ।

होलीको ‘मौका’ पारेर फिल्म ‘यात्रा’ टिमले पनि फोटोसेसन गरायो भने प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ टिमले पनि होली खेलेका तस्वीर प्रचारमा ल्यायो ।

यस्तै अन्य फिल्म टिमले पनि होलीलाई प्रचारको मौका बनाएका थिए ।

अब कुरा गरौँ, के होली खेलेर फिल्मको प्रचार हुन्छ त ? फिल्म निर्माण टिमलाई त यो एउटा पर्व लाग्ला, विज्ञापनको माध्यम लाग्ला । तर, वास्तवमा फिल्म चल्न पहिले त फिल्म नै राम्रो हुनुपर्छ ।

नेपालमा राम्रो फिल्म बनाउन चाहिँ आलटाल गर्ने र प्रचारका बेला अनेक फण्डा मच्चाउने चलनलाई कतिपयले समाचारमा छाउने दाउका रुपमा त विश्लेषण गरिरहेका छन् नै । अर्कातिर फिल्म लाइनमा किन यति धेरै फण्डा गरिन्छन् भन्ने पनि प्रश्न उठ्न थालेको छ ।

जे होस्, यसरी गरिएका फण्डाले दर्शक तान्ला या नतान्ला त्यो एकातिर छ । तर निर्माताले फिल्म चल्न फिल्म नै राम्रो हुनुपर्छ भन्ने पनि बुझ्ने हो कि !

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ५९ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको