ख्याल गर्नुहोस्, फेसबूकका कर्मचारीले हेर्छन् तपाईंको पासवर्ड « Khabarhub

ख्याल गर्नुहोस्, फेसबूकका कर्मचारीले हेर्छन् तपाईंको पासवर्ड


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सामाजिक सञ्जाल फेसबूकका प्रयोगकर्ताले निक्कै सुझबुझका साथ कसैले थाहा नपाउने गरी गोप्य अंक (पासवर्ड) राख्ने गर्दछन् । पासवर्डलाई सुरक्षित बनाउन उनीहरुले धेरै प्रयास पनि गरेका हुन्छन् ।

यसरी गोप्य र सावधानी पूर्वक राखिएको पासवर्ड कसैले हेर्छ भन्ने थाहा पाउनुभयो भने तपाईंलाई कस्तो लाग्ला ? अहिले यही विषय सबैतिर उत्सुकताका साथ लिइएको छ । किनकि फेसबूक कम्पनीमा काम गर्ने कर्मचारीले प्रयोगकर्ताको पासवर्ड हेर्ने गरेका छन्।

रेकर्डेड फ्युचरमा कार्यरत साइबर सेक्युरिटी विज्ञ एन्ड्री बेरीसेबिजले फेसबूकमा कार्यरत कर्मचारीले सजिलै प्रयोगकर्ताको पासवर्ड हेर्ने गरेको दाबी गरेका छन् । उनका अनुसार, प्रयोगकर्ताको पासवर्ड फेसबूकका कर्मचारीले सजिलैसँग पढ्नसक्ने गरी राखेको उल्लेख गरेका छन् ।

त्यस्तै, अर्का साइबर सेक्युरिटी विज्ञ रोम ग्रामनले फेसबूकमा कार्यरत इन्जिनियरले पासवर्डमा जथाभावी कोड राख्ने गरेका कारण पासवर्ड असुरक्षित रहने गरेको बताए ।

तर फेसबूकले यस बेरीसेबिक र ग्रामनको दाबीलाई खण्डन गरेको छ । कम्पनीले आफ्नो संस्थामा काम गर्ने कसैले पनि प्रयोगकर्ताको पासवर्ड नहेर्ने गरेको दाबी गरेको छ । प्रयोगकर्ताको पासवर्ड फेसबूक कार्यलयमा रहेको आन्तरिक सर्भरमा राख्ने गरिएको भन्दै कम्पनीले कुनै पनि व्यक्तिले त्यो सर्भरमा डाटा हेर्न नसक्ने बताएको छ । फेसबूकले विश्वभरी रहेका आफ्ना २ अरब ३० करोड प्रयोगकर्ताको पासवर्ड सुरक्षित गर्नु आफ्नो दायित्व भएको रहेको जनाएको छ ।

फेसबूकमा गत जनवरीमा यस्तो समस्या देखिएको थियो । तर अहिले समाधान भइसकेको फेसबूकको दाबी छ । यो समस्या एउटा ‘वर्ग’का कारण मात्र नहुने भन्दै यसको कारणका बारेमा अनुसन्धान जारी रहेको बताएका छ।

फेसबूकको यो गतिविधले यसका ६० करोड प्रयोगकर्ताको गोपनियता कमजोर बनाएको क्रेब्सअनसेक्युरिटी ब्लगले उल्लेख गरेको छ ।

यस्तै, वेब सेक्युरिटी एक्सपर्ट ट्रोइ हण्टले फेसबूकको यो गतिविधिले फेसबूकमाथि शंका उठेको बताएका छन् । यो समस्याको समाधानका लागि फेसबूकले समयमै उचित कदम नचाले घातक हुने उनको भनाइ छ ।

फेसबूकमा गत सेक्टेम्बरमा ह्याकरले २ करोड ९० लाख प्रयोगकर्ताको डाटा चोरी गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : २४ बजे

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको