नेप्सेमा दोहोरो अङ्कको सुधार « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको सुधार


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३.५० ले वृद्धि भई एक हजार २६९.३० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत २.०३ ले बढेर २७३.८२ मा पुगेको छ ।

नेप्सेको उकालो यात्रासँगै कारोवार रकम समेत बढेर झण्डै रु दुई अर्बको हाराहारीमा पुगेको छ । कूल १७३ कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर रु एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ बराबरको कारोवार भएको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । बैंकिङ १३ं६५, जलविद्युत् ९.१६, निर्जीवन बीमा ७७.३२, अन्य ५.६५, लघुवित्त २०.५९, जीवन बीमा १४०.५ र सामूहिक लगानी कोष ०.०१ ले वृद्धि भएको छ । यस्तै, व्यापार १.३६, होटल ४.८१, विकास बैंक ३.२७, वित्त ६.५४ र उत्पादन २.२ ले बढेको छ ।

कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ३१ करोड ३३ लाख पाँच हजार ४८७ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड ३१ लाख ७७ हजार ९३८, एनआइसि एशिया बैंक रु नौ करोड ६५ लाख ४२ हजार ५६३, एनएमबी बैंक रु सात करोड १८ लाख ५७ हजार २९९, नेपाल बैंक लिमिटेड रु चार करोड ९२ लाख ५२ हजार ८०३ र प्रभु बैंकको रु चार करोड ८४ लाख ३१ हजार ५३० बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्तको शेयर कारोवारका आधारमा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए । यस्तै, राधी विद्युत् कम्पनी ९.५५, एनसिसी बैंक ६.७४, कर्णाली डेभलपमेन्ट बैंक ६.०६, माउण्टेन हाइड्रो ६.०२ र उनआबिएल एक समृद्धि फण्डका लगानीकर्ताले ५.८८ प्रतिशतले कमाए । यस्तै, सेन्ट्रल फाइनान्स ९.५२, सप्तकोशी डेभलपमेन्ट बैंक ८.०६, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.५३, नेपाल हाइड्रो ६.४, मन्जुश्री फाइनान्स ६.१७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ५.६२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : ३७ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष