वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्न रु १५ करोड अनुदान | Khabarhub Khabarhub

वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्न रु १५ करोड अनुदान


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा वैकल्पिक ऊर्जा प्रवर्द्धन गर्न एशियाली विकास बैंक (एडिबी) र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई रु १५ करोड अनुदान उपलव्ध गराउने भएका छन् ।

मुलुकमा नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको प्रमुख निकाय उक्त केन्द्रलाई एडिबीले दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) ऊर्जा विस्तार परियोजनाबाट रु सात करोड र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रममार्फत युएनडिपीले अतिरिक्त वित्तीयलगानीस्वरुप रु आठ करोड प्रदान गर्न लागेका हुन् ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभको उपस्थितिमा आज राजधानीमा भएको एक सङ्क्षिप्त कार्यक्रममा युएनडिपीका आवासीय प्रतिनिधि आएशानी मादागाङ्गोदा लाबे र केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।

परियोजनाअन्तर्गत ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगुलगायत नौ जिल्लामा लघु जलविद्युत् र पाँचथर, मोरङ, ओखलढुङ्गा, सिन्धुली, रोल्पा, सुर्खेत, कैलाली र बैतडीसहित १० जिल्लामा लघु सौर्य ऊर्जा कार्यक्रम सञ्चालित छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  १० : १५ बजे

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू