विस्केट जात्रा शान्तिपूर्ण बनाउन कार्यदल « Khabarhub

विस्केट जात्रा शान्तिपूर्ण बनाउन कार्यदल


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ‘कोभिड–१९’ सङ्क्रमणका कारण विश्वव्यापी रुपमा स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा भक्तपुरको प्रसिद्ध बिस्केटजात्रा शान्तिपूर्णरुपमा सञ्चालन गरिने भएको छ ।

हजारौँ मानिसको भिडमा हुने बिस्केटजात्रा व्यवस्थित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले विहीबार आयोजना गरेको छलफलमा जात्रालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

कार्यदलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वडा नं–४ का वडाध्यक्ष, वडा नं–५ का वडाध्यक्ष, जिल्लाका सुरक्षा निकाय प्रमुख, भक्तपुर विद्युत् प्राधिकरणका प्रमुख, भक्तपुर दुरसञ्चार कार्यालयका प्रमुख, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख, भैरवनाथजात्रा सहयोग समिति र भैरवनाथ गुठी नाइके सदस्य रहनेगरी कार्यदल गठन गरेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले स्वास्थ्य सङ्कटकाल घोषणा भएको अवस्थामा बिस्केटजात्रा व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निकै चुनौती रहेको बताउँदै यो जटिल परिस्थितिमा पनि भक्तपुर नगरपालिकलो ऐतिहासिक र पुरातात्विकजात्रा शान्तिपूर्णरुपमा सञ्चालन गर्न तथा कोरोना सङ्क्रमणबाट सजग बनाउने अभियान चलाउने बताए ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसको त्रासले गर्दा यसवर्ष बिस्केटजात्रा चुनौतीपूर्ण हुने बताउँदै ऐतिहासिक महत्वको जात्रा सञ्चालन जनगुनासोरहित ढङ्गले सम्पन्न गराउन गुठी संस्थान भक्तपुरलाई निर्देशन दिने बताइन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले कोभिड–१९ भयावह बन्दै गएको र नियन्त्रण गर्न चुनौतीपूर्ण भइरहेको बताउँदै जात्राको समयमा उच्च सतर्कता अपनाउन नागरिकहरुमा अपिल गर्नुपर्नेमा जोड दिए ।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले साविकबमोजिम रथ निर्माणको काम भइरहेको र संस्थानबाट गर्नुपर्ने काम समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : ०६ बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी