नेपाल टेलिकमको मोबाइल नम्बरमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश « Khabarhub

नेपाल टेलिकमको मोबाइल नम्बरमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले  जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ ।

कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सन्देश सामग्री प्रचारप्रसार गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

कम्पनीका अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने सङ्क्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।

यसैगरी कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महसुुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न पनि कम्पनीले ग्राहकवर्गमा आह्वान गरेको छ ।

कम्पनीका सेवाहरुको महसुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहकसेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहजरूपमा महसुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गरेको छ ।

उक्त भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमण र सोबाट सुरक्षित रहन तथा सङ्क्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्तदुरुस्त राख्न सबै प्रयत्न जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ्य र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाट/इन्टरनेट आदि सेवा उपयोग गर्न अनुरोध गरेको छ ।

कम्पनीले मुलुकको आवश्यकता र ग्राहकवर्गको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा सम्भव भएसम्म सबै प्रयास जारी राख्ने व्यहोरा पनि ग्राहकवर्गमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ६ : १९ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध