ब्रिसबेन विमानस्थलमा यात्रूले आफूसँग बम छ भनेपछि… « Khabarhub

ब्रिसबेन विमानस्थलमा यात्रूले आफूसँग बम छ भनेपछि…


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियाको ब्रिस्बेन विमानस्थलमा आफूसँग बम छ भनेर धम्क्याउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अष्टे«लियाको क्विन्सल्याण्ड राज्यका प्रहरीले ब्रिस्बेन विमानस्थलबाट ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जनाएका छन् ।

ब्रिस्बेन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा शनिबार बेलुकी ९ बजे ती व्यक्तिले एक महिलासँग विवादका क्रममा छुरी निकालेको र आफूसँग बम रहेको बताएका थिए । उनले सार्वजनिक स्थलमा त्रास पैदा गरेको र सार्वजनिक सुरक्षामा चुनौति पेश गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकारीले जनाएका छन् ।

प्रहरीले उनको साथबाट बमजस्तो देखिने वस्तु समेत बरामद गरेको जनाएको छ । यद्यपि यस घटना आतंकवादी प्रकृतिको नभएको र बम भएको हल्ला फैलाउने मानिस मानसिक रोगी भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ३२ बजे

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख