विराट अनुस्काले भने– घरमा बस्नुस्, स्वस्थ रहनुस् « Khabarhub

विराट अनुस्काले भने– घरमा बस्नुस्, स्वस्थ रहनुस्


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड नायिका अनुस्का शर्माले नोबेल कोरोना भाइरस (कोभिड १९) बाट जोगिन घरमै बस्न आव्हान गरेका छन् ।

कोहलीले बलिउड नायिका तथा आफ्नी पत्नी अनुस्का शर्माको ट्वीटर ह्यान्डलमा भिडियो अपलोड गर्दै कोरोनाबाट जोगिन सचेतना अपनाउन भनेका छन् ।

विराटले सरकारको निर्णयलाई समर्थन गर्दै स्वस्थ रहनका लागि घरमा बस्न आग्रह गरेका हुन् । ‘हामी सबैलाई थाहा छ । यो समय निकै कठिन परिस्थितिबाट ग्रुजिरेहको छ,’ विराटले भनेका छन्, ‘हामी सबै सरकारको निणर्यको सम्मान गर्दै घरमा बसौं, सुरक्षित बसौं र स्वस्थ रहौं ।’

यस्तै, अनुस्काले कोरोनासँग लड्न सबै एकजुट रहनु पर्ने बताएकी छन् । ‘हामी सबै मिलेर यसको सामना गर्नुपर्छ । त्यसो गरे यसलाई नियन्त्रण गर्न सम्भव छ,’ अनुस्काले भनेकी छन् ।

भारतमा अहिले कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने २०१ जनामा संक्रमण देखिएको छ ।

कोरोनाविरुद्ध लड्न भनै भारती प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशभरमा ‘जनता कर्फ्यू’ घोषणा गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : ०२ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’