बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता « Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता शुरु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा २ नेताबीच केही समय अघिदेखि भेटवार्ता शुरु भएको हो ।

प्रधानमन्त्री ओलीको सचिवालय स्रोतका अनुसार २ नेताबीच पार्टी एकताका बाँकी प्रक्रियाका विषयमा छलफल भइरहेको छ ।

यस्तै, कोरोना भाइरसेका महामारी, कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरिरहेका काम र सरकारका काममा पार्टी नेता तथा कार्यकर्ताले गर्न सक्ने सहयोगका विषयमा पनि २ नेताहरुबीच छलफल भइरहेको ओलीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

२ दिन अगाडि मात्रै सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारका तर्फबाट भइरहेको प्रयास तथा पूर्वतयारीबारे छलफल भएको थियो ।

बुधबार बसेको नेकपा सचिवालय बैठककै सुझावका आधारमा सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्ने भन्दै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा स्थगित गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १२ : २० बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री