कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न ट्रम्पलाई डब्लूएचओको आग्रह « Khabarhub

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न ट्रम्पलाई डब्लूएचओको आग्रह


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वभर महामारी फैलिएको कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ नभन्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ ।

कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दा यसले रंगभेदी सन्देश जानेभन्दै यसो नगर्न डब्लूएचओले ट्रम्पलाई आग्रह गरेको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई यसअघि बेला बेला ‘चिनियाँ भाइरस’ भन्दै आएका थिए । कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनले भने ट्रम्पको भाषाप्रति आपत्ती जनाएको थियो ।

‘भाइरसले कुनै सीमा, जात, छालाको रंग वा तपाईंसँग बैंकमा कति पैसा छ भन्ने मतलब गर्दैन । त्यसैले हामीले भाषा र शब्द छनौट गर्दा ध्यान पुर्‍याउनुपर्छ ।’ विश्व स्वास्थ्य संगठन डब्लूएचओका आकस्मिक कार्यक्रमका निर्देशक डा. माइक रायनले भने ।

उनका अनुसार ट्रम्पको शब्द छनौटले एसियाली मूलका मािनसहरुविरुद्ध हिंसा भड्काउने खतरा छ ।

तर ट्रम्पले भने कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिनु रंगभेदी टिप्पणी नभएको दाबी गर्दै आएका छन् । उनका अनुसार चीनबाट उत्पत्ति भएका कारण यो भाइसरलाई चिनियाँ भाइरस भनिएको हो ।

तीन महिनाअघि चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १० हजार भन्दा धेरैको ज्यान गइसकेको छ भने २ लाख ४४ हजार यसबाट संक्रमित छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  १ : ५५ बजे

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा जमिनमुनि ठूलो परिमाणमा

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

हर्कले भने : यो सरकार संसद्‍प्रति जिम्मेवार छैन, हाम्रो विरोध रोकिँदैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार

अभद्र गतिविधि गरेको भन्दै सभामुखले दिए श्रमसंस्कृतिका सांसदहरूलाई चेतावनी

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई

बेमौसमी फलफूलले रोगी बन्दै उपभोक्ता : पोषणविद्का कस्ता छन् सुझाव ?

काठमाडौँ – बजारमा अहिले वर्षैभरि विभिन्न प्रकारका फलफूल सहज रूपमा