चीनको रसायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु « Khabarhub

चीनको रसायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी चीनको याङ्चेङमा अवस्थित एक रसायनिक मल उद्योगमा विस्फोट हुँदा कम्तिमा ४४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ६ सय ४० जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रसायनिक मल उत्पादन गर्ने उद्योगमा बिहीवार दिउँसो आगलागी भएपछि ठूलो विस्फोट भएको थियो । विस्फोट हुँदा भूकम्प मापन केन्द्रले २.२ म्याग्नेच्युटको कम्पन मापन गरेको समाचारमा जनाइएको छ ।

घाइतेभएका ६ सय ४० जनालाई अस्पताल भर्ना गरिएको छ । जसमध्ये ३३ जना गम्भीर रहेका जनाइएको छ ।

विस्फोटका क्रममा उद्योगका भवनहरु उछिट्टिएर त्यसका टुक्रा ३ किलोमिटर परसम्म पुगेका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त विस्फोटले ३ किलोमिटर टाढा रहेको अर्को रसायनिक मलको उद्योगका छानामा समेत आगो लागेको जनाइएको छ ।

आगालागी शुरु भएको करिब १२ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

बिहीवार भएको विस्फोट चिनियाँ औद्योगिक क्षेत्रमा हालैका वर्षमा भएका सबैभन्दा ठूलो विस्फोटमध्ये लिइएको छ । यसअघि सन् २०१५ को अगस्टमा यस्तै प्रकारको विस्फोट हुँदा चीनमा १ सय ६० जनाको मृत्यु भएको थियो भने १ हजार घाइते भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ४८ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्