चीनको रसायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु « Khabarhub

चीनको रसायनिक मल उद्योगमा विस्फोट हुँदा ४४ जनाको मृत्यु


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी चीनको याङ्चेङमा अवस्थित एक रसायनिक मल उद्योगमा विस्फोट हुँदा कम्तिमा ४४ जनाको ज्यान गएको छ । विस्फोटमा परी ६ सय ४० जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रसायनिक मल उत्पादन गर्ने उद्योगमा बिहीवार दिउँसो आगलागी भएपछि ठूलो विस्फोट भएको थियो । विस्फोट हुँदा भूकम्प मापन केन्द्रले २.२ म्याग्नेच्युटको कम्पन मापन गरेको समाचारमा जनाइएको छ ।

घाइतेभएका ६ सय ४० जनालाई अस्पताल भर्ना गरिएको छ । जसमध्ये ३३ जना गम्भीर रहेका जनाइएको छ ।

विस्फोटका क्रममा उद्योगका भवनहरु उछिट्टिएर त्यसका टुक्रा ३ किलोमिटर परसम्म पुगेका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उक्त विस्फोटले ३ किलोमिटर टाढा रहेको अर्को रसायनिक मलको उद्योगका छानामा समेत आगो लागेको जनाइएको छ ।

आगालागी शुरु भएको करिब १२ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

बिहीवार भएको विस्फोट चिनियाँ औद्योगिक क्षेत्रमा हालैका वर्षमा भएका सबैभन्दा ठूलो विस्फोटमध्ये लिइएको छ । यसअघि सन् २०१५ को अगस्टमा यस्तै प्रकारको विस्फोट हुँदा चीनमा १ सय ६० जनाको मृत्यु भएको थियो भने १ हजार घाइते भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ११ : ४८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना