जात्रापर्व भीडभाडमा नमनाउन महानगरपालिकाको अपिल « Khabarhub

जात्रापर्व भीडभाडमा नमनाउन महानगरपालिकाको अपिल


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भीडभाडमा नजान अपिल गरेको छ ।

महानगरले राजधानीमा जात्रा, पर्वहरुको संख्या धेरै भएको र कोरोना संक्रमणको त्रास पनि रहेका कारण भीडभाडमा ती जात्रा पर्व नमनाउन अपिल गरेको छ ।

महानगरपालिका प्रमख विद्या सुन्दर शाक्यले एक विज्ञप्ति जारी गर्दै नजिक आइरहेका पाहाँचःर्‍हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्वहरू निकै ठूलो जनसहभागितामा मनाउने परम्परा रहिआएको छ ।

तर अहिले विषम परिस्थितिमा यसरी भीडभाडकासाथ मनाउने अवस्था नरहेकाले आफ्नो मौलिक, कला, संस्कृति र परम्पराको विधिलाई यथावत राख्दै भीडभाडमा भने ती जात्रापर्व नमनाउन हुन हार्दिक अपिल गरेको जनाएका छन् ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च जस्ता धार्मिकस्थलमा गएर आआफ्नो परम्परा अनुसार जमघट गर्ने चलन पनि रहिआएको तर यस्तो अवस्थामा ती धार्मिकस्थलहरूमा धेरै भीडभाड हुँदा संक्रमण सर्न सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै ती स्थानहरूमा समेत भीडभाड नगरीदिन महानगरले अपिल गरेको छ ।

साथै सार्वजनिक भोज, भतेर, पूजाआजा जस्ता संस्कारजन्य कार्यक्रम पनि भीडभाडकासाथ नमनाइदिनु हुन र त्यस्ता कार्यक्रममा सहभागी नभइदिन पनि शाक्यले अपिल गरेका छन् ।

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सूचनामूलक सन्देश डिजिटल बोर्ड, पर्चा, पम्प्लेट नेपाली र नेपालभाषा दुवैमा प्रकाशित गरी महानगरभरि नै जनचेतनामूलक अभियान सञ्चालन गर्न लागेको छ ।

काठमाडौं महानगरभित्रका सबै वडाहरूमा रहेका विपद् व्यवस्थापन समितिलाई समेत महानगरपालिकाले सक्रिय सहभागी गराउने भएकाले ती समितिहरूसँग आवश्यक समन्वय गरी हातेमालो गर्दै अघि बढ्न मेयर शाक्यले अपिल गरेका छन् ।

आफू वरपर कसैलाई कोरोना संक्रमणको आशंका भएमा काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२) तथा महानगरको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिन शाक्यले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ५ : २५ बजे

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा