सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सीमा नाका अनुगमन « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सीमा नाका अनुगमन


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेका छन् ।

सो अवसरमा उनले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको बताए । ‘सीमा नाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सिमाना सतर्कता अपनाउन लागिएको छ,’ उनले भने, ‘थप सुरक्षा र सतर्कता अपनाउन सङ्घीय सरकारसँग पनि सहयोग र समन्वय हुन्छ ।’

कैलाली र कञ्चनपुरमा बृहत्रुपमा तयारी भइरहेको बताउँदै उनले विभिन्न अस्पताल र वार्ड व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

मुख्यमन्त्रीसँगै सीमा नाकाको अनुगमनका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य लालबहादुर खड्का, भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डित लगायतको टोली गड्डाचौकी पुगेको थियो ।

सो क्रममा सामाजिक विकासमन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराए । साथै अनुगमनका क्रममा सेनाका बाहिनीपति सहायकरथी पण्डितले मुख्यमन्त्रीलाई गड्डाचौकी सीमा नाकामा अपनाइएको सतर्कता, स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस सङ्क्रमण हुन नदिन आज बैठक बसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । उनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको बताए ।

‘गड्डाचौकीबाट स्वदेश फर्किएका नेपालीलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिवार्य स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको छ,’ प्रजिअ खतिवडाले भने, ‘यहाँको महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौँ ।’

उनले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्सलगायतका सेवा तयारी अवस्थामा राखिएको जानकारीसमेत दिए । बैठकले भीमदत्तनगरमा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : २६ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको