लमजुङमा ६ हजार बढी घरको पुनःनिर्माण सम्पन्न « Khabarhub

लमजुङमा ६ हजार बढी घरको पुनःनिर्माण सम्पन्न


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मुलुकमा विनाशकारी भूकम्प गएको करिब ५ वर्षको अवधिमा लमजुङ जिल्लामा ६ हजार १७१ निजी आवास पुनःनिर्माणकार्य सम्पन्न भएको छ । यहाँ रहेका कूल लाभग्राही १३ हजार ७६४ मध्ये उक्त सङ्ख्यामा भूकम्पपीडितको निजी आवास (घर) पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङले जनाएको छ ।

एकाइ कार्यालयका अनुसार जिल्लामा पहिलो किस्ता लिनेमा १३ हजार ७५४ र दोस्रो किस्ता लिनेमा नौ हजार १५८ रहेका छन् । यस एकाइका जिल्ला सम्पर्क व्यक्ति (फोकल पर्सन) विनय दवाडीका अनुसार जिल्लामा रहेका आठ स्थानीय तहका लाभग्राहीमध्ये बेँसीशहर नगरपालिकाका १३ हजार आठ कूल लाभग्राहीमध्ये एक हजार २३९ ले पहिलो किस्ता, ८३८ ले दोस्रो र ६७९ जनाले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् । त्यस्तै मध्यनेपाल नगरपालिकाका एक हजार ५५९ कूल लाभग्राहीमध्ये एक हजार ४४९ ले पहिलो किस्ता, ८२७ ले दोस्रो र ४८६ ले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् ।

त्यस्तै सुन्दरबजार नगरपालिकाका दुई हजार १४७ ले पहिलो किस्ता, एक हजार ५७६ ले दोस्रो र अन्तिम तथा तेस्रो किस्ता लिनेमा एक हजार ७५ रहेका छन् । क्व्होलासोथर गाउँपालिकामा २७० ले पहिलो किस्ता, १२२ ले दोस्रो र ७८ ले अन्तिम किस्ता बुझेका छन् । राइनास नगरपालिकामा दुई हजार ९९२ ले पहिलो किस्ता, दुई हजार २०० ले दोस्रो र एक हजार ५१५ जनाले अन्तिम किस्ता बुझेका छन् ।

दोर्दी गाउँपालिकामा दुई हजार २५५ ले पहिलो किस्ता, एक हजार ३४० ले दोस्रो र ८१६ ले अन्तिम किस्ता बुझेका छन् । दूधपोखरी गाउँपालिकामा दुई हजार ३६२ ले पहिलो किस्ता, एक हजार ७१० ले दोस्रो र एक हजार १५५ ले अन्तिम किस्ता बुझेका छन् । त्यस्तै मस्र्याङ्दी गाउँपालिकामा एक हजार १४० ले पहिलो किस्ता, ५४५ ले दोस्रो र ३६७ जनाले अन्तिम किस्ता बुझेको एकाइका जिल्ला सम्पर्क व्यक्ति (फोकल पर्सन) दवाडीले बताए ।

विसं २०७२ को विनाशकारी भूकम्पपश्चात जिल्लामा विसं २०७३ पुस १ गतेबाट लाभग्राहीको अभिलेख व्यवस्थापनको काम साविक जिल्ला विकास समितिले गर्दै आएको थियो । तर पछि विसं २०७४ मङ्सिर ११ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय स्थापना भई विसं २०७४ पुस १ गतेदेखि स्थानीय तहमा प्राविधिक परिचालन गरिएको एवं निजी आवासको अनुदान वितरण गर्ने गरी विसं २०७५ जेठ १ गतेबाट हालको जिल्ला आयोजना कार्यान्वयन एकाइको स्थापना भएको थियो ।

जिल्लामा लाभग्राही पहिचान भएका कूल सङ्ख्यामध्ये ५५२ जोखिम वर्गमा समावेश गरिएका प्राविधिकरण एकाइका निमित्त प्रमुख जगदीश मिश्रले बताए । प्रवलीकरणतर्फ मात्रै ६६३ लाभग्राही पहिचान भएकामा सम्झौता सम्पन्न ३२० पहिलो किस्ता लिने लाभग्राही ३०६ र अन्तिम किस्ता लिने एक रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : ५१ बजे

जेनजी आन्दोलनमा जलेको घरमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते

‘अङ्ग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’

काठमाडौं– अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै

ज्येष्ठ नागरिकको नेतालाई खबरदारी- जनताको मतमाथि विश्वासघात नगर्नुस्

काठमाडौं – चुनाव संघारमै आइसक्यो । मतदाता आफ्नो नेता चयन

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई