खाद्य संस्थाले शुरु गर्‍यो सुपथ मूल्य पसल « Khabarhub

खाद्य संस्थाले शुरु गर्‍यो सुपथ मूल्य पसल


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) ले सहुलियत पसल सञ्चालन गरेको छ ।

संस्थानको सुर्खेत वीरेन्द्रनगरस्थित गोदामबाट चामल, सिमीको दाल र फापर बिक्री शुरु गरेको हो । संस्थानका सुर्खेत कार्यालय प्रमुख भीम थापाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेशन लिमिटेडको खाद्यान्न मौज्दातको वर्तमान सञ्चितिदर दोब्बर पार्ने, खाद्यान्न अभाव हुन नदिन समयमै ढुवानीको व्यवस्था मिलाइएको बताए । संस्थानले शुक्रबारदेखि सहुलियतमा खाद्यान्न बिक्री वितरण शुरु गरेको हो । संस्थानको गोदाममा १७ हजार क्विन्टल चामल मौज्दात छ ।

संस्थानमा कार्यरत कर्मचारी र उपभोक्ताको स्वास्थ्य तथा सुरक्षामा सतर्कता अपनाइएको संस्थानका प्रमुख थापाले बताए । यसैबीच होटल अर्गनाइजेशनले व्यवसायमा परेको मर्कामा विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

होटल अर्गनाइजेशनको टोलीले आज सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढालाई भेटेर आपसी समन्वय र सहकार्यका विषयमा छलफल गर्नेछ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै