इन्धन वितरणलाई सहज बनाउन नसकेको भन्दै आयल निगमका २ कर्मचारीमाथि ‘कारबाही’ « Khabarhub

इन्धन वितरणलाई सहज बनाउन नसकेको भन्दै आयल निगमका २ कर्मचारीमाथि ‘कारबाही’


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्धन वितरण प्रक्रियालाई सहज बनाउन नसकेको भन्दै सरकारले नेपाल आयल निगमका २ जना कर्मचारीलाई ‘कारबाही’ गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका २ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर कार्यरत स्थानभन्दा अन्तै सरुवा गरेको हो ।

यसरी सरुवा हुनेमा नेपाल आयल निगमको इन्धन वितरण प्रणाली हेर्ने निर्देशक वीरेन्द्र गोइत र आयल निगमको थानकोट डिपो प्रमुख विनितमणि उपाध्याय छन् ।

यद्यपि काठमाडौं उपत्यकामा अझै पनि इन्धनको सहज आपूर्ति भने हुन सकेको छैन । खासगरेर खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताहरुले हप्तादिनसम्म पालो कुनुपर्ने वाध्यता छ ।

इन्धनको सहज आपूर्तिका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केही पेट्रोल पम्प र ग्यास डिलरहरुको आफैं निरीक्षण तथा अनुगमन समेत गरेका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सन्त्रासका कारण पछिल्लो समय नेपाली उपभोक्ता बजारमा उपभोग्य बस्तुको आपूर्तिमा असन्तुलन देखिएको छ ।

केही उपभोक्ताहरुले आफूलाई चाहिनेभन्दा बढी उपभोग्य वस्तुहरु मौज्दात राख्ने र केहीले भने आधारभूत रुपमा समेत उपभोग्य बस्तु पाउन नसकेको उपभोक्ता अधिकारीकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ०१ बजे

महिला महामन्त्रीमा डिला संग्रौला र डिना उपाध्यायको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष