कोरोना भाइरसका कारण अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण अमेरिकामा एकै परिवारका ४ जनाको मृत्यु


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकाको न्यूजर्सीमा कोरोना भाइरसका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ ।
मृत्यु हुनेमा ७३ वर्षे ग्रेस फुस्को र उनका ३ सन्तान रिटा फुस्को–ज्याक्सन, क्यारमन फुस्को र भिन्सेन्ट फुस्को छन् ।

ठूलो पारिवारिक जमघटमा सहभागी भएका उनीहरुलाई कोरोना भाइरसको संक्रमण भएको थियो । परिवारका अरु ३ आफन्तलाई पनि अस्पताल भर्ना गरिएको छ । त्यस्तै, अरु १९ जना आफन्तहरुलाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ ।

शुरुमा गत शुक्रबार रिटा फुस्को ज्याक्सनको मृत्यु भएको थियो । न्यूजर्सी राज्यमा कोरोना भाइरसका कारण मृत्यु हुने उनी दोश्रो व्यक्ति थिइन् ।

गत बुधबार क्यारामाइन फुस्कोको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । क्यारामाइनको मृत्यु भएको केही घण्टाको अन्तरालमा उनकी आमा ग्रेस फुस्कोको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।

अर्को दिन अर्थात् बिहीबार भिन्सेन्ट फुस्कोको पनि मृत्यु भएपछि एकै परिवारका ४ सदस्य कोरोना भाइरसका शिकार बन्न पुगेका हुन् ।

अमेरिकामा हालसम्म करिब २० हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसका कारण हालसम्म २७६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : २९ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५