भारतमा जनता कर्फ्यू शुरू, कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो | Khabarhub Khabarhub

भारतमा जनता कर्फ्यू शुरू, कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ –  भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ ।

जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको हो ।

प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।

गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’

यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।

यसैबीच भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ ।

शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ८ : ४३ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार