जथाभावी फोहोर नफाल्न महानगरको अपिल, ल्याण्डफिल साइटमा कवाडी संकलकलाई प्रवेश निषेध « Khabarhub

जथाभावी फोहोर नफाल्न महानगरको अपिल, ल्याण्डफिल साइटमा कवाडी संकलकलाई प्रवेश निषेध


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले स्यानिटरी ल्याण्डफिल साइट क्षेत्रमा कवाडी सामान संकलन गर्न निषेध गरेको छ । कोभिड —१९ (कोरोना भाइरस) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि आजबाट कवाडी सामान बटुल्ने काम रोकेको हो ।

यससँगै फोहोरमा काम गर्ने सफाइ कर्मचारीले मास्क, पञ्जा, टोपी र जुत्ता नलगाई सफाइमा आउन नपाउने व्यवस्था गरिएको छ । अहिले वातावरण व्यवस्थापन बिभागको कम्पाउण्डमा साबुन पानीले हात धुने व्यवस्था गरिएको छ भने प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कार्यालय प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो मापन गरेर मात्र प्रवेश व्यवस्था मिलाइने विभागका प्रमुख हरि कुमार श्रेष्ठले जानकारी दिए ।

टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्याण्डफिल साइट र फोहोर ढुवानी हुने सडकमा कीणनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया बिभागले अघि बढाएको छ ।

विभागले शनिवार एक सूचना जारी गर्दै महानगरबासीलाई जथाभावी फोहोर सडकमा ननिकाल्न अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड १९– भाइरसका कारण नेपाल पनि उच्च जोखिममा रहेकोले यस जोखिमपूर्ण अवस्थामा सरसफाइ सम्बन्धि काममा सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

सूचनामा भनिएको छ – आ–आफ्नो घर/पसल/उद्योग/कल कारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने भागमा छुट्याएर तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ । बिभागले कुहिने फोहोरलाई सकेसम्म आफै व्यवस्थापन गर्न र नकुहिने फोहोर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको हो । यसबाट जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बिभागको अपेक्षा छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ०० बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ