नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना भाइरसबाट एकको मृत्यु, भारतमा मृतकको संख्या ६ पुग्यो | Khabarhub Khabarhub

नेपालसँग सीमा जोडिएको बिहारमा कोरोना भाइरसबाट एकको मृत्यु, भारतमा मृतकको संख्या ६ पुग्यो


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको प्रदेश नम्बर एक, दुई, बाग्मती, गण्डकी र प्रदेश पाँचसँग जोडिएको भारतको बिहारमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

विहारमा संक्रमण फैलिएसँगै त्यसको जोखिम नेपालमा थप बढ्नेछ ।

यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आज नै मुम्बइमा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो ।

बिहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका एक व्यक्तिको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिन पहिला कतारबाट फकिएका उनको शनिवार विहान मृत्यु भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ पाइएको थियो ।

भारतीय मेडिकल रिसर्च एसोसिएशनका अनुसार भारतमा ३४१ जना कोरोना भाइरसको संक्रमणको शिकार भएका छन् ।
आइतबार महाराष्ट्रमा दश नयाँ मामला सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ३२ बजे

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ

आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी

काठमाडौं– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा

काठमाडौंका आठ स्थानमा छठ मनाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु