प्रचण्ड साइकिलिङमा व्यस्त, भेटघाट बन्द « Khabarhub

प्रचण्ड साइकिलिङमा व्यस्त, भेटघाट बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी बनिरहेको छ । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा नेपालले पूर्व सावधानी अपनाउँदै केही निर्णयहरुसमेत गरेको छ ।

२५ जना भन्दा धेरै मानिस भेला हुन नपाउने, लामो दूरीका सवारीसाधान बन्द, अत्यावश्यक बाहेकका सेवा बन्द लगायतका निर्णय गरेको छ ।
सरकारले अत्यावश्यक बाहेकका काममा ननिस्कन सर्वसाधारणलाई आह्वान गरेको छ ।

नेताहरुले बन्द गरे भेटघाट

कोरोना संक्रमणको त्रासकाबीच राजनीतिक दलका शीर्ष नेताहरुले भेटघाटलाई बन्द गरेका छन् भने उनीहरु घर मै बसेर समाचार, पत्रपत्रिका, टेलिभिजन हेरेर समय विताइरहेका छन् ।

आवश्यक काम मोबाइल र इन्टरनेटको प्रयोग गरिरहेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका अन्य नेताहरुले राजनीतिक भेटघाट र अन्य कार्यक्रमहरु बन्द गरेका छन् ।

नेकपाका अध्यक्ष प्रचण्ड भने शारीरिक सन्तुलनका लागि सक्रिय रहेको एक भिडियो सार्वजनिक भएको छ ।

शारीरिक सन्तुलनका लागि व्यायाम र खेलकुदमा सक्रिय रहने प्रचण्डले ‘साइकिलिङ’ गर्ने गरेका छन् ।

खुमलटारस्थित निवासको पार्किङमा प्रचण्ड साइकलमा फन्को मारिरहेका देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ३८ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख