पर्साका व्यापारीमाथि कोरोनाको पुष्टि भएसँगै वीरगंञ्ज महानगरको आकस्मिक बैठक | Khabarhub Khabarhub

पर्साका व्यापारीमाथि कोरोनाको पुष्टि भएसँगै वीरगंञ्ज महानगरको आकस्मिक बैठक


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीरगञ्जका एक व्यापारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै वीरगञ्ज महानगरपालिकाको आकस्मिक बैठक बसेको छ ।

बीरगञ्ज आर्दशनगरका ब्यापारीलाई कोरोनाको संक्रमण देखिएपछि महानगरले आकस्मकि बैठक बोलाएको हो ।

वीरगञ्ज महानगरपालिका– १० आदर्श नगर भएका ६७ वर्षीय रुङ्गटालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो ।

त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो । ती व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगर आकस्मिक बैठक बोलाएको जनाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ४१ बजे

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

सिरहा – जिल्लामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

एजेन्सी – चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी