हेटौंडा अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि बहिरंग कक्ष सञ्चालन « Khabarhub

हेटौंडा अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि बहिरंग कक्ष सञ्चालन


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोभिड–१९ को सङ्क्रमणको शंकास्पद बिरामीलाई हेटौँडा अस्पतालले आजदेखि छुट्टाछुट्टै बहिरङ्ग कक्ष सञ्चालनमा ल्याएको छ ।

अस्पतालको बहिरङ्ग कक्षमा प्रथम चरण बिहान ९ देखि दिउँसो १ बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म ओपिडीमा छुट्टाछुट्टै बिरामीलाई उपचार सेवा दिइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए ।

उक्त अस्पतालको दुवै चरणको बहिरङ्ग कक्षमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, एक्स–रे सेवा र भिडियो एक्स–रे सेवाहरु उपलब्ध गराउन थप जनशक्ति परिचालन गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले बताए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमण भइआएमा हेटौँडा अस्पतालको परिसरभित्र अहिल १० श्ययाको आइसियु कक्षको स्थापना गरिएको छ । उक्त कक्षमा १० दिनभित्र आवश्यक पर्ने विभिन्न उपकरण, एप्रोन, मास्कलगायत चिकित्सक र स्वास्थ्यकर्मीको जनशक्ति उपलब्ध गराउन प्रक्रिया शुरु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताए ।

उनले हेटौँडा अस्पतालको नवनिर्मित भवनमा कोरोनाको सङ्क्रमित बिरामीलाई उपचार गर्न एक सय श्ययाको आइसोलेशन कक्ष स्थापना गर्ने र आवश्यक श्यया, एप्रोन, स्वास्थ्य जनशक्ति उपलब्ध गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिसकेको जानकारी दिए ।

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई राख्न हेटौँडा उपमहानगरपालिका–६ गौरीटार, वडा नं ४ कर्रा, सशस्त्र प्रहरी क्याम्प, वडा नं १० को वन विज्ञान अध्ययन संस्थानको परिसर र वडा नं ११ नवलपुरस्थित हेटौँडा एकेडेमीको भवनसमेत गरी ५०० जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको छ ।

ती क्वारेन्टाइनका लागि आवश्यक सामग्री र उपकरण दुई हप्ताभित्र खरिद गरी ल्याई जडान गर्नेतर्फ प्रक्रिया शुरु भइसकेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा पुरुषोतम सेढाईले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : १९ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको