यती एयरलाइन्सले घटायो विमानको भाडा « Khabarhub

यती एयरलाइन्सले घटायो विमानको भाडा


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो उडानमा भाडा दर घटाएको छ ।

कोभिड–१९ को सम्भावित सङ्क्रमणको प्रभावले काठमाडौँबाहिर जाने यात्रुको सहजताका लागि विभिन्न गन्तव्यको टिकटको मूल्य सस्तो बनाइएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो ।

यतीले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराका लागि हवाई टिकटको मूल्य घटाएको छ ।

नयाँ भाडादरअनुरुप यतीले भद्रपुर गन्तव्यका लागि रु ६ हजार २०० नयाँ टिकट दर कायम गरेको छ । यसअघि कम्पनीले यो गन्तव्यमा रु नौ हजार भाडा लिन्थ्यो ।

विराटनगरमा साधारण रु सात हजार ४५० रहेकामा अहिले घटाएर रु पाँच हजार ५०० बनाइएको छ । त्यस्तै भैरहवाको पहिला रु छ हजार १०० रहेकामा अहिले रु चार हजार ९००, नेपालगञ्जमा पहिला रु नौ हजार ८५० रहेकामा अहिले रु छ हजार ३०० र पोखरामा साधारण रु पाँच हजारबाट घटाएर रु तीन हजार ७०० निर्धारण गरिएको छ ।

उल्लिखित गन्तव्यबाहेक पनि न्यूनतम मूल्यका टिकटहरु खरिद प्राथमिकताका आधारमा उपलब्ध रहिरहने कम्पनीले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा सञ्चालक सङ्घ र सर्वसाधरणको अनुरोधमा लामो दूरीका सवारीसाधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको र यो भाडादर सोमबारदेखि लागू हुने विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : २७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका