कोरोनाको जोखिम रोक्न विभिन्न ठाउँमा हात धुने व्यवस्था « Khabarhub

कोरोनाको जोखिम रोक्न विभिन्न ठाउँमा हात धुने व्यवस्था


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड –१९ रोकथामका लागि काठमाडौँ उपत्यकाको बढी भीडभाड स्थानमा साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ ।

विश्वमा महामारीका रूपमा फैलिएको उक्त रोगको जोखिम न्यूनिकरणका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी लगायतले विभिन्न संघ संस्थाले उपत्यकाको बढी भीडभाड हुने स्थानमा हात धुने व्यवस्था मिलाएका हुन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले माछापुच्छ्रे बैंकसँगको सहकार्यमा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा ट्याङ्की नै राखेर हात धुने व्यवस्था मिलाइएको जानकारी दिए ।

साबुनपानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग र माक्स लगाएर हिँडेमा पनि केही हदसम्म नियन्त्रण गर्न सकिने विशेषज्ञको रायानुसार सर्वसाधारण नागरिकको सहजताका लागि उक्त कार्य गरिएको उनले बताए ।

उनका अनुसार रत्नपार्क, बानेश्वर, गौशाला, सिनामङ्गल, महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताललगायत ठाउँमा हात धुने व्यवस्था मिलाइएको छ ।

यस्तै थापाथली, टेकु अस्पताल, पाटन अस्पताललगायत ललितपुर र भक्तपुरका बढी भीडभाड हुने र जोखिम बढी हुने स्थानमा सोमबार पानीको व्यवस्थापन गरिने जनाइएको छ ।

यसैबीच प्रभु बैंकले केन्द्रीय कार्यालय बाहिर सर्वसाधारणका लागि साबुन सहित हात धुने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १० : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै