कोरोना संक्रमणः इटालीमा एकैदिन ६५१ जनाको मृत्यु, ५४ सय बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना संक्रमणः इटालीमा एकैदिन ६५१ जनाको मृत्यु, ५४ सय बढी संक्रमित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ५१ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ७ हजार २४ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ६ सय ३८ जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।

कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : १६ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका