कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय | Khabarhub Khabarhub

कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने १५ उपाय


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामान्य अवस्थामा हुने फ्लू वा इन्फेक्शनका संक्रमित ब्यक्ति केही दिनभित्रै निको हुने गर्दछन् ।

यदि केहि दिनभित्रै निको नभए पनि यसले कुनै गम्भीर अवस्था निम्त्याउदैन । तर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको हुने त परको कुरा समयमा अस्पतालमा उपचार गराउन सकिए भने ज्यान समेत जाने गर्दछ ।

त्यसैले कोरोना भाइरसबाट बच्ने सबैभन्दा सरल उपाय भनेको यसको संक्रमण हुनबाट बच्नु नै हो ।

चिकित्सकको सुझाव अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्दछ ।

१. कोरोना भाइरसबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्दछ ।

२. कुनै पनि सामग्रीको प्रयोग गरीसकेपछि १ मिनेट नबित्दै राम्ररी हात धुनुपर्दछ ।

३. संक्रमित वा शंकास्पद संक्रमित ब्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्दछ ।

४. रुघाखोकी लागेका ब्यक्तिको नजिक वा सामुन्नेमा बस्नु हुदैन ।

५. काम नभइ घरबाहिर रहने वा घुमघाम बन्द गर्नुपर्दछ ।

६. अनावश्यक रुपमा आँखा, मुख तथा नाकमा बारम्बार छोइरहनु हुदैन ।

७. बारम्बार साबुन पानी वा सैनिटाइजरबाट हात सफा राख्नु पर्दछ ।

८. भीडभाडमा नजाने

९. धेरै प्रयोग गरीने सामग्रीहरु जस्तै फोन, कलम लगायतका सफाईमा ध्यान दिनु पर्दछ।

१०. मुखलाई नछोपी खोक्ने वा हाच्छ्यु गर्न हुदैन ।

११. खोक्दा वा हाच्छ्यु गर्दा पाखुराले छोप्ने वा टिस्यु पेपरको प्रयोग गर्नुहोस् ।

१२. काँचो, साधेको वा आधा पाकेको माछामासु वा अण्डा खान बन्द गर्नुहोस् ।

१३. यदि ज्वरो, खोकी वा स्वास लिन ग्राहो भएको छ भने तत्काल अस्पताल जानु पर्दछ ।

१४. पछिल्लो १४ दिनअघि कुनै शंकास्पद ब्यक्तिको संसर्गमा आएको भए तत्काल अस्पताल गई कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्छ ।

१५. यसका अलावा यदि आफुलाई कोरोनाको संक्रमण छ वा शंका मात्र छ भने पनि अन्य ब्यक्तिको सम्पर्कमा रहनु हुदैन ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ५९ बजे

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस

मुस्ताङ– अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक’

जनकपुरधाम– मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका