जनता कर्फ्यूलगत्तै भारतका २२ राज्यमा ‘लकडाउन’ « Khabarhub

जनता कर्फ्यूलगत्तै भारतका २२ राज्यमा ‘लकडाउन’


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिएपछि  भारतले जनता कर्फ्यू सकिए लगत्तै आजदेखि विभिन्न २२ वटा राज्यमा ‘लकडाउन’ गरेको छ ।

भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको हो ।

राजधानी दिल्लीमा सोमवार बिहान ६ बजेदेखि ‘लकडाउन’ लागु गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जनाएका छन् ।

लकडाउनको समयमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।

यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुका सम्म ‘जनता कर्फ्यू’ लागु गरिएको थियो।

आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘लकडाउन’को बेला निजी प्रतिष्ठान, निजी कार्यालय एवं सार्वजनिक यातायात पूर्ण रूपमा बन्द हुनेछन् ।

यो बेला मानिसहरु घरबाहिर निस्किन र हिँडडुल गर्न पाउँदैनन्। तर भारतका केही राज्यले भने एकचौथाइ सरकारी बस चल्ने बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : १७ बजे

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर