कोरोना भाइरस परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता « Khabarhub

कोरोना भाइरस परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– कोरोना भाइरसका कारण विश्वमा १४ हजार ६ सय ८६ जनाले ज्यान गुमाइसकेका छन् भने ३ लाख ३८ हजारमा संक्रमण देखिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको लक्षण रुघाखोकीसँग मिल्दो जुल्दो भएका कारण मानिसमा रोग पहिचानलाई लिएर त्रास उत्पन्न भएको छ । त्यस्तै कोरोना संक्रमण परीक्षणमा ढिलाइ र लाग्ने समयका कारण भाइरस तिव्र गतिमा फैलिरहेको छ ।

कोरोना भाइरस विरुद्धको औषधि र भ्याक्सिन पत्तालगाउन लागि वैज्ञानिकहरु लागिरहेका छन् तर सम्भव भइसकेको छैन ।

यसैबीच कोरोना संक्रमणको परीक्षणलाई चाँडो गर्न अमेरिकाले नयाँ तरीका निकालेको छ ।

कोरोनाको प्रकोप बढेपछि अमेरिकाको खाद्य तथा औषधि विभाग(एफडी) ले एक घन्टा भन्दा थोरै समयमा संक्रमण रहेको छ वा छैन पत्ता लगाउन अनुमति दिएको छ ।

एफडीले ४५ मिनेटमा कोरोनाभाइरसको परीक्षण विधी उपयोग गर्न अनुमति दिएको हो । कोरोनाको संक्रमण छ वा छैन भन्ने नतिजा आउन अहिले केही घन्टा लाग्ने गरेको छ ।

यो परीक्षण विधिलाई सेफेड भन्ने कम्पनीले पत्ता लगाएको हो र उसलाई एफडीले स्वीकृति दिएको छ ।

यससँगै अमेरिकाको क्यालिफोर्निया बाहेकका राज्यमा यस प्रविधिलाई पु¥याउने काम भइरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ९ : ४३ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको