कोरोना भाइरस : ट्रम्पको सहयोगको प्रस्ताव इरानद्वारा अस्वीकार « Khabarhub

कोरोना भाइरस : ट्रम्पको सहयोगको प्रस्ताव इरानद्वारा अस्वीकार


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान– इरानका सर्वोच्च नेता अलि खामेनीले आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् ।

आइतबार इरानमा थप १२९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड–१९का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय पहिले इरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने भनाईको जवाफमा सर्वोच्च नेता खामेनीले आइतबार उक्त प्रतिक्रिया दिएका हुन् ।

एक इरानी राष्ट्रिय टेलिभिजनमार्फत जनताको नाममा गरेको सम्वोधनमा धार्मिक नेता खामेनीले अमेरिकी राष्ट्रपतिको गत फेब्रुअरी २९ मा इरानबारे राखेको प्रस्तावलाई इन्कार गर्दै भने, “तपाईँलाई कसैले विश्वास गर्दैन । तपाईले इरानमा सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा हामीलाई विश्वास छैन ।”

इरानमा २१ हजार ६३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने विगत २४ घण्टामा थप एक हजार २८ विरामीमा सङ्क्रमण देखिएको छ ।

खामेनीले इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्नेबारे दोहोराउँदै र वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाउँदै भने, “हामीले अमेरिकासँग ४० वर्षदेखि कूटनीतिक सम्बन्ध राखेका छैनौँ र उसले इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्छ भन्ने बुझेका छौँ ।” उनले अहिले इरानले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताए ।

हामीले अमेरिकीलाई यही अवस्थामा सहयोगका लागि याचना गर्ने सम्भावना नै छैन । उहाँले अमेरिकाले अहिले आफ्नो शक्ति नागरिकको सुरक्षाका लागि प्रयोग गर्न सुझाब राष्ट्रपति ट्रम्पलाई दिए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ११ : ०५ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल