कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु « Khabarhub

कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरस सङ्क्रमण फैलिएको हल्लापछि कोलम्बियाको एउटा जेलमा भागदौड मच्चिएको छ ।

सोक्रममा दङ्गा हुँदा कम्तीमा २३ जना कैदीबन्दीको मृत्यु भएको  अधिकारीहरूले बताएका छन्।

कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी घाइते भएका छन्।

कोरोनाभाइरसको त्रासपछि कारागारमा रहेका कैदीबन्दीले फितलो स्वास्थ्यसेवा दिइएको भन्दै विरोध प्रदर्शन हुँदै आएको थियो ।

न्यायमन्त्री काबेलोका अनुसार उक्त हिंसामा घाइते भएका ३२ बन्दी र सात सुरक्षाकर्मीलाई उपचारका लागि अस्पताल लगिएको छ। दुई सुरक्षाकर्मीको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ।  

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ५८ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००