युवा ज्योतिषी अधिकारीको सुझाव– भाइरसबाट जोगिन शंख बजाउनुस्, सूर्यलाई पानी चढाउनुस् | Khabarhub Khabarhub

युवा ज्योतिषी अधिकारीको सुझाव– भाइरसबाट जोगिन शंख बजाउनुस्, सूर्यलाई पानी चढाउनुस्


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस(कोभिड–१९) विश्वव्यापी महामारी बनेको छ । अहिलेसम्म १४ हजार ७ सय ४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने ३ ला ४१ हजार ६ सय ३२ जनामा संक्रमण देखिएको छ ।

नेपालमा पनि फ्रान्सबाट कतारको दोहा हुँदै आएकी एक १९ वर्षीय नेपाली किशोरीमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनमा कोरोना संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको औषधि तथा खोपहरु विकसित गर्न वैज्ञानिकहरु लागिरहेका छन् तर अहिलेसम्म कुनै सफलता प्राप्त हुन सकेको छैन ।

धार्मिक मान्यता

भारत लगायतका देशहरुमा गौमूत्र(गउत) को सेवनले कोरोनाबाट बच्न सकिन्छ भन्दै गौमूत्र पानका कार्यक्रमनै आयोजना समेत गरिएको समाचारहरु सार्वजनिक भएको छ ।

हिन्दू धर्म दर्शन र पूर्वीय सभ्यतामा नकारात्मक उर्जा, व्याक्टेरिया, किटाणुबाट सुरक्षित बन्ने केही विधीहरु रहेको पाउन सकिन्छ ।
युवा ज्योतिषी हरिहर अधिकारीका अनुसार नकारात्मक जीवाणु र रोगहरुबाट जोगाउने केही मान्यताहरु हिन्दूधर्म दर्शनमा सयौं वर्षदेखि प्रयोगमा रहेका छन् ।

कोरोना लगायका नकारात्मक भाइरसबाट जोगिन ज्योतिषी अधिकारीले केही धार्मीक र शास्त्रीय उपाय पनि दिएका छन् ।

यसो भन्छन् ज्योतिषी अधिकारी

विश्वको स्थिति यतिबेला राम्रो छैन । कोरोना भाइरसका कारण सबैतिर डरत्रास रहेको छ ।

कोरोना बारे गलत र सही समाचारहरु फैलिरहेको छ ।

नियमित रुपमा साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउने, भीडभाडमा नजाने मेडिकल्ली भनिएका कुरालाई अवलम्बन गर्न नछोड्नु होला ।

ज्योतिश शास्त्र र हिन्दू धर्म शास्त्रमा केही यस्ता कुरा रहेका छन् जसको प्रयोगले हामीलाई फाइदा पुग्छ ।

हामीले जानेका थाहा पाएका कुराबारे हामी सचेत हुन सके र आफूले केयर गर्न सक्यौ भने व्याक्टेरिया, किटाणुबाट सुरक्षित रहन सक्छौं ।
हाम्रो परिवारमा ७० वर्ष कट्नु भएका आमा–बुवा र बालबालिकालाई जोगाउन सक्नुपर्छ । रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुले थप सचेत हुन जरुरी छ र परिवारका सदस्यले पनि विशेष हेरचाह गर्न जरुरी छ ।

सफा रहने, नियमित रुपमा साबुन पानीले हात धुने काम गर्नु पर्छन । अर्थात स्वच्छता अपनाउन जरुरी छ ।

पञ्चतत्वको शरीर

हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ । पृथ्वी, जल, अग्नी, वायु र आकाश ।  हाम्रो शरीर भित्र र शरीर बाहिर पनि पञ्चतत्व रहेको छ । यदी बाहिरको पञ्चतत्व र शरीर भित्रको पञ्चतत्वको सन्तुलन विग्रियो भने विभिन्न खालका भाइरस, व्याक्टेरिया, भाइरल रोगहरु सजिलैसँग हाम्रो शरीरमा पस्छन् ।

त्यसैले पहिलो नम्बरमा हाम्रो शरीर भित्रको पञ्चतत्वलाई एक नाशले मिलाइ राख्नुपर्छ । त्यसलाई एकनाशले मिलाई राख्नका लागि खानपानमा ध्यान दिनुपर्छ ।

पञ्चामृत खानुस्, शंख फुक्नुस्

कोरोना र यस्तै खालका खराब ब्याक्टेरिया तथा किटाणुबाट जोगिनका लागि शरीरको रोगप्रतिरोधी क्षमता बढाउनु र नकारात्मक उर्जा हटाउन जरुरी हुन्छ । जसका लागि यी चार कुरा दैनिक रुपमा गर्न आवश्यक छ ।

१. हामीले खाने पञ्चामृत (दुध, दही घ्यू, मह, चिनी) बनाएर हरेक दिन विहान एक चम्चा खानुभयो भने शरीर शुद्धिकरण हुन्छ । शरीर भित्र रहेका पञ्चतत्वको व्यालेन्स मिल्न जान्छ । यो तरिकाले रोगसँग लड्ने क्षमता दिन्छ ।

२. हामी घरमा शंख बजाउँछौं । शंखको ध्वनीको भाइब्रेसनको कारणले गर्दा घरको सीमामा, कोठामा, कम्पाउन्डमा हरेक दिन बिहान शंख फुक्न सक्नु हुन्छ भने फाइदा पुग्छ । शंखको ध्वनी पाँच मिनेटसम्म दिनमा तीनपटक बजाउँदा यस्ता खालका किटाणुहरु तपाईको वरपर प्रवेश गर्न पाउँदैन । शंखको ध्वनीमा नकारात्मक उर्जाहरुलाई रोक्ने क्षमता हुन्छ ।

३. हामी दैनिक पूजा गर्दा घन्टी बजाउँने गर्छौं । यसको आवाजले नकारात्मक चिजलाई रोक्न सक्छ ।

४. सूर्यलाई जल चढाउँदा फाइदा पुग्छ । सूर्यलाई जल चढाउँदा धेरै कुरामा लाभ हुने गर्छ ।

सूर्यलाई पानी चढाउँदा सूर्यको सेता किरण पानीको बीच भागबाट आउने गर्छ । अथवा त्यो किरण हाम्रो शरीरमा प्रवेश गर्छ आखाको माध्यमबाट ।

सूर्यको सेतो किरण पानीमा पर्दा सातवटा किरण र रंगमा परिवर्तन हुन्छ । र ती सप्तरंगी किरणहरु हाम्रो शरीरको विभिन्न भागमा जान्छ ।

जस्तो पहेलो रंग दिमाग, फोक्सोको रंग त्यहाँ जान्छ । प्याक्रियाजको रंग हरियो हुन्छ त्यहाँ हरियो रंग जान्छ ।

रगतको रंग रातो हुन्छ सूर्यलाई पानी चढाउँदा निस्किएको सप्तरंगबाट रातो रंग रगतमा जान्छ । निलो हाम्रो नशामा जान्छ । यी विधीले हरेक दिन विहान पाँच देखि १० मिनेट सूर्यलाई पानी अर्पण गर्दा शरीरलाई निकै फाइदा पुग्छ ।

आफूले आफूलाई सुरक्षित राख्ने कुरा छदै छ तर हाम्रा धर्म शास्त्रमा पनि वैज्ञानिक कुराहरु रहेका छन् त्यसलाई अवलम्बन गर्दा फाइदा पुग्छ ।

जस्तो कि हामी नमस्कार गर्छौं । यो अहिले विश्वव्यापी पनि भइरहेको छ ।

अरुलाई नछुने टाढैबाट नमस्कार गर्ने यो पौराणिक कालदेखि चलिआएको हो । यसले गर्दा मानिसबाट मानिसमा सर्ने संक्रमणको जोखिम कम हुन्छ ।

नकारात्म रोग र उर्जालाई रोक्न पञ्चामृत, शंख, सूर्यलाई जललगायतले रोक्न सक्छ ।

म यसो भनेर कोरोना भाइरस लाग्न नदिने यी कुरा गर्नुस् भन्दिन तर यी कुराले नकारात्मक रोगहरुबाट रोक्न सक्छ । तीसँग सम्बन्धित नकारात्मक चिजलाई रोक्न सक्छ ।

तपाईसँग रोगसँग लड्ने क्षमता र घरमा नकारात्मक उर्जा छैन भने तपाईलाई नकारात्मक रोग लाग्ने छैन ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : २५ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका