कोरोनाका कारण दादुरा रुवेला खोप अभियान स्थगित « Khabarhub

कोरोनाका कारण दादुरा रुवेला खोप अभियान स्थगित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय दादुरा रुवेला खोप अभियान स्थगित गरेको छ ।

सरकारले फागुनदेखि चैत महिनासम्म राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो ।

तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका जनशक्ति परिचालन गर्नुपर्ने देखिएपछि खोज अभियान बन्द गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दादुरा रुवेला खोप अभियान सञ्चालन शुरुवात नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुको खोप अभियान चैत मसान्तसम्मको लागि स्थगन गरिने जनाएको छ ।

यस्तै, हाल अभियान सञ्चालन भइरहेका पालिका, वडा र स्वास्थ्य संस्थाहरुले पूर्वयोजना अनुसार अभियान सम्पन्न गर्ने, तर यसरी खोप सेवा सञ्चालन गर्दा भिडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउने जनाइएको छ ।

खोप अभियान स्थगित भएको अवस्थामा खोप तथा कोल्डचेन सामग्रीहरु सम्बन्धित जिल्लाले सुरक्षित रुपमा भण्डारण गर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : २३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने